×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस कारण एनआईसी एसिया बैंकका ३८ वटा शाखा तथा विस्तारित काउन्टरहरु बन्द

काठमाडौँ । एनआईसी एसिया बैंकले ३८ वटा शाखा तथा विस्तारित काउन्टर बन्द गरेको छ । कोभिडको तेस्रो लहरमा संक्रमण दर बढ्न थालेपछि बैंकले सोमबार सूचना जारी गर्दै बागमती प्रदेशका २८ वटासहित देशका विभिन्न स्थानमा ३८ वटा शाखा तथा विस्तारित काउन्ट बन्द गरेको हो ।
बागमती प्रदेशमा बैंकका बूढानीलकण्ठ, माछापोखरी, ग्वार्को, कीर्तिपुर, न्युरोड (खिचापोखरी), ठूलोभर्याङ, बसेनी, हेटौँडा, महाराजगन्ज, पेप्सीकोला, सातदोबाटो, गोदाबरी किटिनी, काँडाघारी, नारायणगढ, सिनामंगल, दरबारमार्ग, गोठादार, कौशलटार र न्यौपाने गाउँ शाखा बन्द गरिएका छन्। यस्तै बागमती प्रदेशकै गोलढुंगा, धोबीघाट, एलआरआई स्कुल एसिया कलंकी, थैव, लामाटार, चन्द्रागिरी, लुभु, इकाछु र नेपाल ल क्याम्पस विस्तारित काउन्टहरु पनि बन्द गरिएका छन्।
यता प्रदेश १ मा भने बैंकले पुष्पलाल चोक, रोडशेष चोक (विराटनगर) र बुधबारे शाखा तथा इटहरी उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गरेको छ। मधेश प्रदेशमा महेन्द्रनगर (धनुषा) शाखा, कर्णालीमा जुम्ला जोड शाखा तथा लुम्बिनी प्रदेशमा डिंगरनगर (तिलोत्तमा), रुन्द्रपुर, भैरहवा, देवकोटा चोक शाखा र मनिग्राम ४ नम्बर शाखा बन्द रहने बैंकले सूचनामार्फत जनाएको छ।
यी शाखा तथा विस्तारित काउन्टरबाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: