Skip to content
LAXMI SUNRISE BANK

प्रिमियर इन्सुरेन्सको १५% बोनस सेयर हात पर्न कहिलेसम्म बन्ने सेयरधनी ? कहिले हुँदैछ बुकक्लोज ?

अर्थ सरोकार

काठमाडौं । प्रिमियर इन्सुरेन्सको १५% लाभांश हात पार्न (भोली) मंगलबार माघ ४ गतेसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले बुधबार माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस्तै यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश दिने भएको छ ।

यसअघि कम्पनीले ७.५% बोनस सेयर र ७.७५% नगद लाभांश दिने घोषणा गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK