Skip to content
LAXMI SUNRISE BANK

प्रोग्रेशिभ फाइनान्सको लाभांश दर परिमार्जन, लगानीकर्ताले अब कति पाउँछन् ?

अर्थ सरोकार

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको लाभांश दर परिमार्जन भएको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६८४% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ६% बोनस सेयर र ०.३१५७% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आव २०७७/७८ को स्वीकृत अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर सम्बन्धी व्यवस्थामा फेरबदल हुने भएकाले स्वीकृत वित्तीय विवरणमा समेत सारभुत असर पर्ने देखिएकाले वित्तीय विवरण पारिमार्जित गरी पुनः पारित गर्ने भएकाले लाभांश दर परिमार्जन भएको हो ।
कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK