×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय सहकारी बैंकले आठ अर्बको सेयर पूँजी बढाउने, उत्पादन क्षेत्रमा लगानी बढाउँदै लैजाने प्रतिवद्धता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय सहकारी बैंकले आठ अर्बको सेयर पूँजी बढाउने, उत्पादन क्षेत्रमा लगानी बढाउँदै लैजाने प्रतिवद्धता

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ । सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले तीन अर्बको शेयर पूँजी बढाएर रु आठ अर्ब पु¥याएको छ । उत्पादन क्षेत्रमा लगानी बढाउँदै जाने बैंकले जनाएको छ ।
बैंकको १८औँ वार्षिक साधारणसभाको सन्दर्भमा पूँजी बढाएर आठ अर्ब पु¥याउने लक्ष्य लिएको छ । अहिले सातै प्रदेशमा इकाइ साधारणसभा गरिरहेको बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारणसभा गर्दैछ । बैंकले सहकारीलाई लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको र आगामी दिनमा कुन क्षेत्रमा लगानी गर्ने भन्ने तथ्याङ्क सङ्कलन गर्न सुरु गर्ने राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । त्यस्तै बैंकले विनियम संशोधन गरी तीन अर्ब शेयर पूँजीको सीमालाई बढाएर आठ अर्ब पु¥याउने जनाउँदै तरलता व्यवस्थापनमा लागेको जनाएको छ ।
देशभर ३० हजार सहकारी छन् । बैंकले १५ हजारभन्दा बढी सदस्यलाई समेटेको छ । पूँजी बढाएर सबै सहकारीलाई पूर्ण वित्तीय सेवा दिने उद्घोषका साथ बैंकले पूँजी बढाउँदै लगेको छ । बैंकले पहिलोपटक भौतिक रुपमा १८औँ एकाइ साधारणसभा देशभरका प्रदेशअन्तर्गत पुस १६ गते धनगढीबाट सुरु भएको थियो । बैंकको ४४ शाखा रहेकामा ५४ प्रतिशतले वृद्धि गरी ६८ शाखा बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनुभयो । उहाँले सहकारी र प्रविधिबीच काम गर्न डिजिटल बैंकिङ युनिट बनाउने भन्दै अब वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने बैंक बनाउने बताए ।
बैंकले सिबिएस स्तरोन्नति, कर्जा व्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याउने भएको छ । यस्तै, चेक क्लिरियन्स, तरलता सङ्कट व्यवस्थापन र उत्पादक क्षेत्रमा लगानी बढाउँदै लैजाने गुरागाईँले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी