×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीमा बचत गर्नेहरु होसियार ! कपिलवस्तु बचत तथा ऋण सहकारीमा १२ करोड हिनामिना, बचतकर्ताहरुले प्रशासन घेरे

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहकारीमा बचत गर्नेहरु होसियार ! कपिलवस्तु बचत तथा ऋण सहकारीमा १२ करोड हिनामिना, बचतकर्ताहरुले प्रशासन घेरे

Artha Sarokar

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कपिलवस्तु । कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा १२ करोड रकम हिनामिना भएको छ । कपिलवस्तुको तौलिहवास्थित रहेको सो सहकारी संस्थामा दुई वर्षअघि बचतकर्ताहरुको १२ करोड रकम हिनामिना भएको हो ।
सो घटनापछि अदालतमा मुद्धा चलि रहेको छ । तर २ बर्षदेखि अदालतमा मुद्धा चलिरहेको भए पनि अहिलेसम्म कुनै निर्णय नआएपछि बचतकर्ताहरुले जिल्ला प्रशासन घेराऊ गरी अन्दोलन गरेमा उत्रिएका छन् ।
झन्डै ४ सय २० बचतकर्ताको पैसा सहकारीबाट हिनामिना भएको बताइएको छ । बचतकर्ताले जिल्ला प्रशासनमा घेराउ गर्दै आफ्नो पैसा फिर्ता गर्न माग गरेका छन् । १२ करोड हिनामिना गरेको आरोपमा ५३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्ध दायर भएको छ भने ४ जनालाई अदालत पेस गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी