×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरको एक सहकारीबाट ९ लाख २९ हजार नगद चोरी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भक्तपुरको एक सहकारीबाट ९ लाख २९ हजार नगद चोरी

Artha Sarokar

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर । सहकारी संस्थाबाट सवा ९ लाख रुपैयाँ चोरी भएको छ । प्रहरीले सूर्यविनायक नगरपालिका-८ अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट आइतबार राती सवा ९ लाख रुपैयाँ चोरी भएको जनाएको हो ।
प्रहरीले गणेश मन्दिर नजिकै रहेको सो सहकारीको दराजमा राखेको ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ चोरी भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै दुई साता अघि भक्तपुरकै मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्थाबाट करिब ७ लाख रूपैयाँ चोरी भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी