अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । कैलालीमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरिएको छ । बुधवार ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले धनगढीमा एमसीसीको विरोधमा धनगढीमा प्रदर्शन गरेका हुन् ।
एमसीसी सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल) नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जन गणतान्त्रिक मोर्चा नेपालले दिउँसो २ बज देखि प्रदर्शन गरेको नेकपा विप्लव नेतृत्वका कैलाली सचिव दीपेन्द्र चलाउनेले जानकारी दिए ।
धनगढीको ट्राफिक चोक बाट सुरु भएको प्रदर्शन पार्क मोड स्थित कोण सभामा परिणत भएको थियो । उनीहरूले, एमसीसी खारेज गर, राष्ट्रघाती दलालहरू होसियार, साम्राज्यवाद मुर्दावाद लगायतका नारा सहित विरोध जनाएका थिए । कोणसभामा सबै पार्टीका प्रतिनीधीहरुले सम्बोधन गरेका थिए । उनीहरूले एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने आफ्नो पार्टीको केन्द्रीय निर्णय अनुसार कैलालीमा पनि प्रदर्शन गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्