- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा बुधबार देशभर बन्दसहितको आन्दोलन गरिएको छ । नेपाल बन्दको आह्वान गर्दै देशैभरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा सहित ६ दलिय गठबन्दनले नो एमसीसीको नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
त्यसैबीच धनगढीमा पनि नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ । सडकमै नो एमसीसी लेखेर युवाहरु आन्दोलमा उत्रिएका छन् । बन्दको आह्वानसँगै बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, शैक्षिक संस्था तथा यातायात क्षेत्र लगाएत व्यापार व्यवसाय पुर्ण रुपमा बन्द गरिएका छन् । एमसीसी परियोजनालाई संसदमा टेबल गर्ने सरकारको राष्ट्रघाती निर्णयका विरुद्धमा बन्दसहितको आन्दोलन गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) का केन्द्रिय सचिव विरेन्द्र शाहले बताएका छन् ।
आफुहरुले आह्वान गरेको आन्दोलनलाई सम्पुर्ण नेपाली जनताले सघाएको शाहको भनाई छ । ‘आन्दोलनलाई बिथोल्न लागि परेका केहि तत्वहरुले समर्थनलाई जबरजस्तीमा परिणत गर्दैछन्’, उनले भने, ‘एमसीसीको पक्षमा लाग्ने जोकोहि पनि राष्ट्र बेच्ने दालाल हुन् ।’ त्यस्तै शाहले देशमा एमसीसी पास भएको खण्डमा आफुहरुको आन्दोलनले भयानक रुप लिने समेत चेतावनी दिएका छन् । उनले थपे, ‘एमसीसी पास गराउन कसरत गर्ने हरकोही सांसदलाई कालोमोसो लगाउछौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्