×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दले धनगढीको आर्थिक कारोबार घटायो, व्यापार शुन्य हुँदा करोडौँको नोक्सानी…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बन्दले धनगढीको आर्थिक कारोबार घटायो, व्यापार शुन्य हुँदा करोडौँको नोक्सानी…

Artha Sarokar

४ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा बुधबार देशभर बन्दसहितको आन्दोलन गरिएको छ । संसदमा एमसीसी टेबल गर्ने सरकारको निर्णय लगत्तै विप्लव नेतृत्वको नेकपासँगै ६ दलिय गठबन्दनले नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दको आंशिक प्रभाव सुदूरपश्चिमको अस्थायी राजधानि धनगढीमा समेत देखिएको छ । बन्दको आह्वानसँगै बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, शैक्षिक संस्था तथा यातायात क्षेत्र लगाएत व्यापार व्यवसाय पुर्ण रुपमा बन्द गरिएका छन् । बजार बन्द हुँदा धनगढीमा आर्थिक कारोबार पनि घटेको छ ।

व्यापार सञ्चालन गर्न नपाउँदा एक दिनमै लाखौँको घाटा बेहोर्नुपर्ने धनगढीका एक व्यापारी हरिकृष्ण न्यौपानेले बताए । ‘हाम्रो दैनिकीको आधार नै व्यापार हो’, उनले भने, ‘यसरी बन्द हुँदा घाटा त बेहोर्नु नै पर्छ सँगसँगै व्यापारको लय अझै पछाडी धकेलिन्छ ।’

बन्दसँगै बैंक तथा वित्तिय संस्था, व्यापार तथा विभिन्न आर्थिक क्षेत्रमा कारोबार शुन्य बनेको छ । दैनिक करोडौँको आर्थिक कारोबार हुने धनगढी बजार बन्दकै कारण बुधबार प्राय ठप्प छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी