×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रादेशिक अस्पतालमा थन्कियो डायलासिस मेसिन, उपचार नपाउँदा देश छोड्नुपर्ने बाध्यता जिउँको तिउँ…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रादेशिक अस्पतालमा थन्कियो डायलासिस मेसिन, उपचार नपाउँदा देश छोड्नुपर्ने बाध्यता जिउँको तिउँ…

Artha Sarokar

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टरको रुपमा स्थापित भएको सेती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभाव हुँदा नागरिक उपचारका लागि देश छोड्न बाध्य भएका छन् । मेसिनको अभाव र भएका मेसिनपनि त्यसै थन्किदा अहिले नागरिक समस्यामा परेका छन् ।

अस्पतालले सञ्चालन गर्दै आएको २ वटा डायलासिस मेसिन विरंग हेल्थकेयर प्रा.लीसँग सम्झौता गरेपछि अस्पताल मेसिनबिहिन बनेको थियो । बिरामीको चाप बढेपछि २०७७ साल फागुनमा ३ वटा मेसिन थप गरी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । तर २०७८ साल असोजमा ढुवानी गरिएका ७ वटा मेसिन भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

सेती प्रादेशिक अस्पतालको भवनमा छिर्दै गर्दा ढुवानी गरिएका ७ वडा डायलासिस मेसिन त्यसै थन्किएका देखिन्छन् । तर ढुवानी गरेको लामो समय बितिसक्दापनि त्यसको सञ्चालनको सवालमा न त अस्पतालले चासो दिएको देखिन्छ न मातहतको मातहतको सम्बन्धित निकायले ।

अहिले दैनिक सयौँ नागरिकक डायलासिसकै लागि भारतका विभिन्न सहरमा जान बाध्य बनेका छन् । अस्पतालमा मेसिन अभाव भएका कारण उपचारका लागि भारत जान बाध्य भएको बिरामीहरुको भनाई छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी