- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मालिका टोलकी रितु सार्की अहिले कक्षा १० मा पढ्छिन् । सानै छँदा बुबाले दोस्रो विवाह गरेपछि रितु अहिले हजुरबुवा र हजुरआमासँग बस्छिन् । ३ बहिनि र १ भाईको जिम्मेवारी आफ्नै काँधमा बोकेकी उनि महिला विकास समाज ग्रामिण शिक्षा सेवा गुठी (रेष्ट) को सहयोगमा पढ्न पाउँदा खुसी छिन् । उनि भन्छिन्, ‘रेष्ट नभएको भए मेरो पढ्ने सपना अधुरै हुन्थ्यो ।’ कमजोर आर्थिक स्थिति र परिवारको आन्तरिक कलहका कारण पढाई छोड्न बाध्य भएकी रितुलाई कक्षा ६ देखी रेष्टले सहयोग गर्दै आएको छ ।
त्यस्तै रेष्टकै सहयोगकी अर्कि पात्र हुन् सपना सार्की । आर्थिक अभाव र जिम्मेवारीका कारण उनि परिवार चलाउनका लागि ज्याला मजदुरी गर्थिन । दिनभरी बुवाले रिक्सा चलाएर कमाएको पैसा र आफुले लेबरी गरेर ल्याएको पैसाले उनको दैनिकी चल्थ्यो । दुई छाक टार्न नै मुस्किल भएको दैनिकीमा रेष्टको सहयोग पाएपछि उनिपनि खुसी छिन् । ‘जबदेखी रेष्टको सहयोग पाएँ त्यसपछि मजदुरी गर्न छाडे’, उनले भनिन्, ‘रेष्ट नभएको भए यहाँसम्म पुग्ने हैसियत मेरो थिएन ।’ उनले थपिन्, ‘रेष्टले हामीलाई झोला, पोशाक, कपिकिताब, कलम, ट्युसन शुल्कमात्रै दिएको छैन यसले हामीलाई भविष्यको मार्गदर्शन समेत गरेको छ ।’
यसो त महिला विकास समाज ग्रामिण शिक्षा सेवा गुठी (रेष्ट)ले कैलाली र कञ्चनपुरका ४९ वटा विद्यालयमा आफ्नो परियोजना लागु गरेको छ । कैलालीका १० विद्यालयका १०० जना बालिकाबाट सुरु भएको बालिका शिक्षा कार्यक्रमबाट हालसम्म १६८३ जना बालिका लाभांवित बनेका छन् । रेष्टको मुख्य केन्द्रबिन्दुमा अति विपन्न, कमैया, कमलरी, वादी, लोपोन्मुख, द्धन्द पिडित, अभिभावक विहिन र अपाङ्ग वर्गका बालिका पर्छन् ।
अमेरिक हिमालयन फाउन्डेनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले बालिकाहरुलाई शिक्षाको सहज पहुँचमा पुर्याउनुका साथै व्यवसायीक बनाउन पनि सहयोग गर्ने गरेको महिला विकास समाज ग्रामिण शिक्षा सेवा गुठी (रेष्ट)की कार्यक्रम संयोजक शान्ति शर्माले बताईन । ‘बालिकालाई पढाउनुमात्रै हाम्रो उद्धेश्य होईन’, शर्माले भनिन्, ‘शिक्षाको माध्यमबाट समाजमा महिलाको स्तर उकास्नु र महिला हिंसाको अन्त्य गर्नुपनि हाम्रो लक्ष्य हो ।’ त्यस्तै उनले शिक्षमा सहयोग होस् भनि शैक्षिक सामाग्री वितरण गर्नुका साथै विद्यालय शुल्क पनि दिएको बताईन् । उनले थपन्, ‘कक्षा १२ को पढाई सकेपछि व्यवसायिक बनाउनका लागि पनि सिपमुलक तालिमको व्यवस्था गरेका छौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्