काठमाडौं । महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा भोलि शुक्रबार (फागुन १३ गते) हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २०% बोनस र कर प्रयोजनको लागि १.०५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
सभामा बैंकको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ छ । बैंकको आर्थिक वर्ष २०७७–७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
साथै आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । सभा प्रयोजनको लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ । पुस १३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्