काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आज शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले ४ कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले नेशनल लाइफ इन्स्योरेन्सको १ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार, आइसीएफसी फाइनान्सको ४८ हजार र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर लिलामीमा ल्याएको जनाएको छ ।
लगानीकर्ताले नेशनल लाइफको सेयरमा न्यूनतम ३९० रुपैयाँ, नेपाल लाइफको सेयरमा ९०० रुपैयाँ, आइसीएफसीको सेयरमा १९५ रुपैयाँ र नेपाल ग्रामीणको सेयरमा ३७५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा फागुन २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्