×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

PRIME CA

बलेफी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा हालसम्म ५ करोड ५० लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसले आज बिहान १० बजेसम्ममा २९ सय २२ जनाले ५ लाख ५० हजार २३० कित्ताका लागि आवेदन दिएको जनाएको छ ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का ९६७ जना स्थानीयले २ लाख २३ हजार ५६० कित्ता र प्रसारण लाइन प्रभावित स्थानका १९ सय ५५ जनाले ३ लाख २६ हजार ६७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: