×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरोसा नेपाल बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको ६ करोड २५ लाख हिनामिना, सिआइबीद्वारा ठगी कसुरमा अनुसन्धान सुरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

भरोसा नेपाल बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको ६ करोड २५ लाख हिनामिना, सिआइबीद्वारा ठगी कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरुले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
रकम दुरुपयोग तथा हिनामिना गर्नेमा सहकारीका अध्यक्ष काठमाडौँ महानगरपालिका–३० बस्ने वर्ष ४२ का सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।
सिआइवी प्रवक्ता महतोले भने, “निक्षेपकर्ता सदस्यले बचत गरेको रकम सञ्चालकको मिलेमतोमा सहकारी खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तका नाममा राखी रकम दुरुपयोग गरेको पाइएको छ, दुवैलाई पक्राउ गरी अनुसन्धान थालेका छौँ ।”
उनीहरुले १५ जना निक्षेपकर्ताको रु छ करोड २५ लाख दुरुपयोग गरेको अनुसन्धानमा पाइएको छ । बचतकर्ताले भुक्तानी फिर्ता माग्दा सञ्चालकले नै सहकारी संस्थामा ताला लगाई फरार भएका थिए ।  सहकारी ठगी कार्यमा संलग्न रहेको भनी बचतकर्ताले दिएको जाहेरीका आधारमा सिआइवीको टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । प्रहरीले अन्य बचतकर्ताले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनी कारबाहीका लागि जानकारी गराउनु ब्यूरोले अनुरोध गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: