×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूको ४७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक अफ काठमान्डूको ४७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्री खुला, संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने !

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमान्डूले ४७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनी सुलोचना कसजुले आफ्नो नाममा ४७ हजार ३५० कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसको मूल्य भने तोकिएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले आज (फागुन ११ गते) देखि ३५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: