×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक उड्डयनन प्राधिकरणले माग्यो विभिन्न पदमा ७४ जना कर्मचारी, २१ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक उड्डयनन प्राधिकरणले माग्यो विभिन्न पदमा ७४ जना कर्मचारी, २१ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ७४ जना कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी कर्मचारी माग गरेको हो । प्राधिकरणले ४ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो ।
प्राधिकरणले लोकसेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र प्राधिकरणको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन फर्कमार्फत् दरखास्त फारम भर्न आह्वान गरेको छ । प्राधिकरणले परीक्षार्थीका लागि ९ र ८ तहलाई १६ सय, तह ७ र ६ लाई १२ सय, ५ र ४ लाई ६ सय रुपैयाँ तोकेको छ ।
साथै, समावेशी समूहमा दरखास्त पेश गर्ने उम्मेदवारले प्रत्येक थप समूहको लागि सम्बन्धित तहको लागि तोएिको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ । प्राधिकरणले आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा २४ जना कर्मचारीको माग गरेको छ । यस्तै प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा ९१ जनाको बढुवा गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी