×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रद सेयरमा आवेदन दिने शुक्रबार अन्तिम मौका

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रद सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । बैंकको सो सेयर आज कार्यालय समयसम्म मात्रै भर्न पाइने भएको हो । बैंकले माघ ७ गतेदेखि १५०% हकप्रद सेयर बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । पुस २५ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सो हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: