काठमाडौं । देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको हो । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।
‘उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता हाम्रो प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्टमार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ ।’ तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवालले भने ‘यस संगै गुणस्तरको निरन्तरताक लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्