काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था अर्थात तत्कालीन स्पर्श लघुवित्तका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै तत्कालीन स्पर्श लघुवित्तका सेयरधनीलाई बोनस सेयर पाउनका लागि पहिला कर तिर्न आग्रह गरेको हो ।
कम्पनीले २०७८ वैशाख ८ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।यसको लागि सेयरधनीले ग्लोबल आइएमई बैंकको शाखा कार्यालय, पोखरा न्यूरोडमा रहेको खाता नम्बर १२०१०१००००३७० मा कर वापतको रकम जम्मा गरीदिनु पर्नेछ ।
ग्लोबलले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २८% बोनस सेयर वितरण गरेको थियो । ग्लोबलले स्पर्श लघुवित्तलाई एक्वायर गरेर गत वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्