×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन भेन्चर्सको आइपीओमा ५ लाख ८९ हजार ८८० कित्ताका लागि पर्यो आवेदन, कहिलेसम्म भर्न पाईन्छ ?

PRIME CA

ग्रीन भेन्चर्सको आइपीओमा ५ लाख ८९ हजार ८८० कित्ताका लागि पर्यो आवेदन, कहिलेसम्म भर्न पाईन्छ ?

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा ५ करोड ८९ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसले बुधबार बिहान १० बजेसम्ममा १७ सय ३ जनाले ५ लाख ८९ हजार ८८० कित्ताका लागि आवेदन दिएको जनाएको हो । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लाका स्थानीयलाई जारी पुँजीको १०%अर्थात ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीयले आवेदन दिन पाउनेछन् ।
यता रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि सेयरमा आवेदन दिन सक्नेछन् । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओ छिटोमा फागुन १६ गतेसम्म र ढीलोमा चैत १ गतेसम्म खुला रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: