काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लिलामी सेयरको बिक्री स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले पत्र पठाएपछि अर्को सूचना जारी नभएसम्मका लागि लिलामी बिक्री बन्द गरिएको एचआइडीसीएलले जनाएको हो ।
कम्पनीले फागुन १ गतेबाट संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला गरेको थियो । यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो भने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो ।
लगानीकर्ताहरुले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौं, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्