काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६.६५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ६८४ रुपैयाँ ४८ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुलेको छ ।
कम्पनीले फागुन ३० गते वार्षिक साधारणसभाको लागि आज सोमबार (फागुन १६ गते) बुक क्लोज गरेको हो । फागुन १५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्