×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिने समय थपियो, लगानीकर्ताहरुले अब कहिलेसम्म पाउँछन् आवेदन दिन ?

PRIME CA
GLOBAL IME BANK

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिने समय थपियो, लगानीकर्ताहरुले अब कहिलेसम्म पाउँछन् आवेदन दिन ?

१६ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आइपीओमा अब फागुन २३ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लाका स्थानीयलाई जारी पुँजीको १०% अर्थात ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीयले आवेदन दिन पाउनेछन् ।
यता रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि सेयरमा आवेदन दिन सक्नेछन् । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आइपीओमा लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक मंथली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिखु रामेछाप तथा मेगा बैंकको खिजिदेम्बा र मंथली शाखाबाट आवेदन दिन सक्नेछन । आयोजनास्थलबाट पनि आइपीओ भर्न सकिन्छ । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: