काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको स्थगित साधारणसभा आज बुधबार हुँदैछ । कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को सभा गर्न लागेको हो । सभा लिसारा हल नक्साल काठमाडौंमा बिहान ११.३० बजे सुरु हुने भएको हो ।
सभामा ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । लाभांश वितरण प्रस्ताव भने छैन । यसैगरी, संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ । पुस २० गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्