काठमाडौं । मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । सो सेयर हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी सेयर बिक्री गरिने जानकारीसमेत बैंकले दिएको छ ।