काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मनमैजुद्वारा प्रवर्धित तारकेश्वर नगरपालिका ४ लोलाङ्ग स्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ । फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोग गरेको हो ।संस्थाले मनमैजु शाखाका प्रबन्धक चक्र बहादुर लामा महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख भण्डारीले समुहमार्फत संस्थाले महिलाहरुको उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग गर्दै आएकोमा लघुवित्तप्रति आभार व्यख्त गरेका थिए । त्यस्तै संस्थाका शाखा प्रबन्ध लामाले महिलाहरु समुहमा आबद्ध भई आर्थिक उपार्जन गरेर महिलामा सशक्तीकरण हुनुको साथै समाज बिकासमा परिवर्तन आएको समेत बताए । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टामा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब १ लाख ८० हजार घरपरिवारहरुलाई बित्तीय सेवा पुर्याउदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्