काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओमा १ करोड ३६ लाख ७२ हजार ३६० कित्ताका लागि आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १० बजेसम्ममा ११ लाख ५२ हजार १९ जनाले १ करोड ३६ लाख ७२ हजार ३६० कित्ताका लागि १ अर्ब ३६ करोड ७२ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १७.६५ गुणा बढी आवेदन हो ।
कम्पनीले हिजो बुधबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्