काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको सो आइपीओमा आज कार्यालय समयसम्म आवेदन पाइने भएको हो । यस कम्पनीले बुधबारदेखि ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सो आइपीओ जारी गरेको हो ।
यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।\
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्