×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेष्डो समृद्धको आइपीओमा ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि पर्यो आवेदन, २५ लाख ३२ हजारको हात खाली

PRIME CA
GLOBAL IME BANK

नेष्डो समृद्धको आइपीओमा ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि पर्यो आवेदन, २५ लाख ३२ हजारको हात खाली

१६ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन परेको छ । सीडीएसका अनुसार २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३९.०२ गुणा बढी आवेदन हो ।
यता कम्पनीको आइपीओ पाउन भाग्यकै भरपर्नु भएको छ । मागभन्दा धेरै आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ । यसमा कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् ।
नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: