×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहिबार बाँडफाँड गर्ने तयारी, ७९ हजार ४५० जनाले मात्र सेयर पाउने

PRIME CA
GLOBAL IME BANK

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहिबार बाँडफाँड गर्ने तयारी, ७९ हजार ४५० जनाले मात्र सेयर पाउने

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ यहि बिहिबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले कम्पनीको आइपीओ बिहिबार दिउँसो ३ बजेपछि बाँडफाँड गर्ने कार्यक्रम तय भएको जनाएको हो । आइपीओको प्री–अलोटमेन्ट आज बुधबार (फागुन ११ गते) हुँदैछ ।
कम्पनी आइपीओमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । जस अनुसार ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: