×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिहिबार हुँदैछ राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, कहाँ, कति बजे ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बिहिबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले कम्पनीको आइपीओ आज बिहिबार दिउँसो ३ बजेपछि क्यापिटल कै कार्यालयमा बाँडफाँड गर्न लागेको हो ।आइपीओको प्री–अलोटमेन्ट भने बुधबार (फागुन ११ गते) नै सम्पन्न भएको छ ।
कम्पनी आइपीओमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । जस अनुसार ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: