काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप–समितिको सिफारिस अनुसार खड्काले फाल्गुण १५ गतेदेखी कार्यभार समालेका हुन् । खड्काले नविल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गर्नुका साथै तत्कालिन समयमा टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंक हुदै २९ वर्षदेखी बैकिङ्क क्षेत्रमा लामो अनुभव संगालेका छन् ।
साथै उनको बैकिङ्क क्षेत्रमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ । बैंकका अध्यक्ष के.बी. उप्रेतीले खड्कालाई स्वागत गर्दै यस अघिको बैकिङ्क क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवद्र्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्