×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चैत १ गतेबाट शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिन पाइने, चुक्ता पूँजी कति पुग्छ?

काठमाडौं । शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर चैत १ गतेबाट बिक्रीमा आउने भएको छ । कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ भने चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो सेयरमा एनआइबीएल एस क्यापिटल लाजिम्पाट र साखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट आवेदन दिन सकिने ।
यस्तै, शिखर इन्सुरेन्सको सम्पूर्ण साखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइनेछ । शिखरले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजीमा ३०% हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: