×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्से परिसूचक घट्दा पनि दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड हाइड्रोपावरमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १५.५० अंकले घटेर २७२०.४३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा घलेम्दी हाइड्रो, तेह्रथुम हाइड्रोपावर, रुरु जलविद्युत परियोजना कम्पनी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा १०% प्रभु बैंक डिबिन्चर २०८४ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । सिभिलको सेयरमा यस्तो गिरावट आउँदा नेपाल फाइनान्स, सर्पोट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, लक्ष्मी इक्वीटि फण्ड, एभरेष्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा घलेम्दी हाइड्रो, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी, सानिमा माई हाइड्रोपावर, बरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र अरुण भ्याली हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: