काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा फागुन २६ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुने भएको हो । कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्नेछ भने कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभाका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गरेको छ । फागुन ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्