Skip to content
LAXMI SUNRISE BANK

कञ्चनपुरमा स्थानियको पिडा- ‘कन्सट्रक्सनको ढिलासुस्तिले व्यवसाय नै चौपट बनायो’

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कञ्चनपुर । सडकमा धुलो उड्न थालेपछि कञ्चनपुरका स्थानीय आन्दोलित बनेका छन् । जिल्लाको कलुवापुर–बेलौरी सडकखण्डमा अत्याधिक धुलोको समस्या देखिन थालेपछि स्थनीयले कलुवापुर चौराहमा सडक अवरुद्ध गरेका छन् ।

निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालनमा समस्या भएको भन्दै व्यवसायीले शनिबार सडक अवरुद्ध गरेका हुन् । ‘धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको छ’, अटोचालक धीरज कार्कीले भने, ‘सवारी दुर्घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरेका छौँ ।’ त्यस्तै शनिबार एक घण्टामात्रै सडक अवरुद्ध गरिएको बताउँदै कार्कीले आजदेखि चार घण्टाका दरले सडक अवरुद्ध गर्ने जानकारी दिएका छन् ।

सडक निर्माणको जिम्मा पाएको थेगिम कन्ट्रक्शनले कामको गति नबढाएका कारण यस्तो समस्या देखिएको स्थानियले आरोप लगाएका छन् । समयमा सडक नबन्दा व्यापार सञ्चालन गर्नपनि समस्या हुन थालेको व्यापारीहरुले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK