×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा सामान्य विवाद हुँदा युवकमाथी चक्कु प्रहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीमा सामान्य विवाद हुँदा युवकमाथी चक्कु प्रहार

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा एक युवकमाथी चक्कु प्रहार गरिएको छ । जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ टिकापुर सडकखण्डमा वर्ष ३५ को शेर बहादुर थापामाथी सामान्य विवाद हुँदा सोहि ठेगानाका २३ वर्षका प्रेम रावलले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकास जोशीले जानकारी दिएका छन् ।

चक्कु प्रहार गर्ने रावल र घटनामा प्रयोग गरिएको चक्कु प्रहरीले नियन्त्रणमा लिईसकेको प्रहरीले नायब उपरिक्षक जोशीले बताए । ‘घाईतेको अवस्था सामान्य छ’, उनले भने, ‘घटनमा संलग्न भएकालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।’

विवादको कारण भने खुलि नसकेको बताउँदै जोशीले थप विवरण आउन बाँकी रहेको समेत बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी