- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । सोमबार गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्धघाटन गरिएको छ । सोमबार गोदावरी नगरपालिका वडा नम्बर २ टेघरीमा निर्माण भएको नगरपालिकाको नयाँ भवन नगरप्रमुख हरिसिंह साउँदले उद्धघाटन गरेका हुन् ।
उद्धघाटनमा नगरप्रमुख साउँदले भवन निर्माणको काम सम्पन्न भएलगत्तै बैशाखमा पुर्णरुपमा नयाँ भवनमा सर्ने बताएका छन् । ‘स्थानिय तहको अधिकारमै रही हामीेले भवन उद्धघाटन गरेका हौँ’, उनले भने, ‘राजनीतिक संस्कार नभएकाहरुले अनेक बाहानाबाजी गर्दै विरोध गरेका छन् ।’ भवन निर्माणको श्रेय आफु र आफ्नो पार्टीले लिनका लागि अन्य राजनीतिक दल र दलका नेताहरुले प्रपञ्च रचेको बताउँदै उनले भवन निर्माणका लागि बर्तमान नगर कार्यसमितीले ठूलो कसरत गर्नुपरेको समेत बताएका छन् ।
यता पूर्ण रुपमा भवन निर्माण नहुँदै उद्धघाटन गरेको भन्दै ६ दलिय गठबन्धनले विरोध गरेका छन् । नगरपालिका सबैको साझा संस्था भएकोले आफुहरुलाई कुनै जानकारी नै नदिई नगरप्रमुख हरिसिंह साउँदे एकलौटी रुपमा भवन उद्धघाटन गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विप्लव नेतृत्वको नेकपा र राष्ट्रिय जनमोर्चा सहितको ६ दलिय गठबन्धनले विरोध जनाएको हो ।
नगरपालिकाको भवन निर्माणको काम अधुरो रहेको, निर्माण ठेकेदार कम्पनिले भवन हस्तान्तरण नगरेको र शहरी डिभिजन कार्यालयले भवन सम्पन्न प्रतिवेदन समेत नबुझाएको अवस्थामा भवन उद्धघाटन गर्नु आपत्तीजनक भएको उनिहरुको भनाई रहेको छ । उद्धघाटन गरिएको भवन आउँदो निर्वाचनबाट निर्वाचित हुने जुनसुकै पार्टीले पुःन उद्धघाटन गर्ने ६ दलिय गठबन्धनले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्