- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा ३ दिने एडभान्स हेयर एण्ड स्किन सम्बन्धि प्रशिक्षण सुरु भएको छ । सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनको आयोजनामा न्युलुक ब्युटी फर लाइफको सहजीकरणमा सुदूरपश्चिमका ब्युटीसियनलाई आज देखि ३ दिन एडभान्स हेयर एण्ड स्किन साइन्स सम्बन्धि प्रशिक्षण सुरु भएको हो ।
ब्युटीसियनलाई हेयर र स्किन सम्बन्धि ज्ञान अभिवृद्धि गर्ने उदेश्यले सुदूरपश्चिमका ब्युटीसियनलाई धनगढीमा अनुभवी ब्युटीसियनबाट ३ दिन प्रशिक्षण गराउन लागेको सुदूरपश्चिम अध्यक्ष मिना बोहराले बताईन । ब्युटीसियनलेहरुले स्किन र हेयरको समस्या भएका सेवाग्राहिलाई सहजै समाधान गर्ने उपाय बारे थाहा पाउने जरुरी भएकोले उनीहरुले प्रशिक्षणबाट स्किन र हेयरको समस्या र समाधान बारे ज्ञान अभिवृद्धि गर्ने बिश्वास ब्यक्त गरिन् ।
प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनकी अध्यक्ष मिना बोगटीको अध्यक्षतामा सुरु भएको थियो । प्रमुख अतिथीमा धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्र भट्ट रहेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनकी कोषाध्यक्ष लक्ष्मी जोशीले राखेकी थिइन् । भने ३ दिने एडभान्स हेयर एण्ड स्किन साइन्स सम्बन्धि प्रशिक्षण सिर्जना थापाले दिई रहेकि छन् ।
कार्यक्रममा सुदूरपश्चिम ब्युटिसियन एसोसिएसनका पदाधिकारीसहित कैलाली, कंचनपुर र डोटीका ब्युटिसियन सहभागी भएका छन् । कार्यक्रम संचालन गिता अर्यालले गरेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्