- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । म्याद गुज्रिएको औषधि विक्रि वितरण गरेको भन्दै नवजीवन अस्पताललाई कारबाही गरिएको छ । कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि २ लाख जरिवाना सहित कारबाही गरिएको हो ।
धनगढी उपमहानगरपालिका ४ रातोपुलमा रहेको उक्त अस्पतालले एक बालकलाई म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै आफन्तहरूले उजुरी दिएपछि अस्पतालको बदमासी बाहिरिएको हो । उजुरीपछि अनुगमनमा गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले म्याद गुज्रिएको औषधि बेचेको पाइएको जनाएको छ । अस्पतालले गरेको बदमासीको कारबाही स्वरुप अस्पताललाई २ लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललितप्रसाद पन्तले बताएका छन् । ‘जनता ठग्ने अधिकार कसैलाई पनि छैन’, उनले भने, ‘मानविय स्वास्थ्यमाथी खेलवाड गर्नेलाई कारवाहीको दायरामा ल्याउनु आवश्यक थियो ।’
त्यस्तै पन्तले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए । ‘ती बालकलाई डेढ वर्षसम्म अस्पतालले निःशुल्क उपचार गर्ने सहमति समेत भएको छ’, उनले थपे, ‘अस्पताललेपनि म्याद गुज्रिएको औषधि प्रयोग भएको स्वीकार गरेको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्