×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन प्रवद्धनका लागि सेती नदिमा र्याफ्टिङ्ग…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पर्यटन प्रवद्धनका लागि सेती नदिमा र्याफ्टिङ्ग…

Artha Sarokar

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

बझाङ्ग । भौगोलिक विविधताले भरिपुर्ण सुदूरपश्चिममा पर्यटन प्रवद्धनका थुप्रै सम्भावनाहरु रहेका छन् । सम्भावनाकै बाबजुत ओझेलमा पर्दै आएका पर्यटकिय सम्भावनाका क्षेत्रको प्रचारप्रसारका लागि पछिल्ला समय विभिन्न पहलकदमी गरिदै आएको छ । सोहि प्रयास स्वरुप सेती नदिमा पनि र्याफ्टिङ्ग कार्यक्रम आयोजना गरिने भएको छ ।

एक्सप्लोर सुदूरपश्चिम टुर एण्ड एडभेञ्चर प्रा.ली को आयोजनामा चैत्र १८ गतेदेखी बझाङमा र्याफ्टिङ्ग कार्यक्रम सञ्चालन गरिने प्रा.ली का प्रबन्ध निर्देशक किशोर खड्काले जानकारी दिए । ‘१८ गते सेती नदिको सुनिगाढदेखी पानकोट पुलसम्म र्याफ्टिङ्ग परिक्षण ट्रिप गर्छौँ’, खड्काले भने, ‘१९ गतेदेखी भने १ हप्तासम्म इच्छुक यात्र्हरुले पनि र्याफ्टिङ्ग गर्न पाउनेछन् ।’ र्याफ्टिङ्ग कार्यक्रममा उद्योग वाणिज्य संघ बझाङ र कर्णाली र्याफ्टिङ्ग एण्ड एड्भेन्चर प्रा.लीको समन्वय रहेको छ ।

र्याफ्टिङ्ग कार्यक्रममा जिल्लाभरका विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समुह तथा स्थानियको उपस्थिति रहने प्रवन्ध निर्देशक खड्काले बताए । त्यस्तै जिल्ला तथा प्रदेशको पर्यटन प्रवद्धनका लागि सबैले आफ्नो आफ्नो ठाउँबाट योगदान दिन समेत आयोजकले आग्रह गरेको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी