×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दिरमा पनि चोरी, डोटीबाट हरायो २८ वर्ष पुरानो घण्ट…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मन्दिरमा पनि चोरी, डोटीबाट हरायो २८ वर्ष पुरानो घण्ट…

Artha Sarokar

२० फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेशमा २८ वर्ष पुरानो मन्दिरको घण्ट चोरी भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घन्ट चोरी भएको हो । उक्त घण्ट दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले वि.सं २०५० मा चढाएका थिए । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाका अनुसार चोरी भएको घण्ट झण्डै ४५ किलाको रहेको थियो ।

यही फागुन १८ गते राति उक्त घन्ट चोरी भएको खबर आएपछि खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेको प्रहरी निरिक्षक थापाले बताए । उनले भने, ‘कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन ।’ मन्दिरमा चढाइएको घन्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने गैरहिन्दूले उक्त मन्दिरको घन्ट चोरेको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी