- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा रानाथारु संस्कृतिको होरी पर्व विभिन्न कार्यक्रम गरी मनाईएको छ । सोहि अनुसार आईतबार धनगढीमा पनि विभिन्न सांस्कृतिक प्रस्तुतिसहितको कार्यक्रम आयोजना गरी होरी मिलन कार्यक्रम मनाईएको हो ।
रानाथारु समुदायको प्रतिनिधित्व गर्दै कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित संघिय सांसद, पुर्वमन्त्री तथा नेकपा एमालेका पोटिलब्युरो सदस्य नारदमुनि रानाको प्रमुख आथित्यतामा कार्यक्रम मनाईएको हो । पहिलोपटक यसरी होरी मिलन कार्यक्रम मनाएको बताउँदै सांसद रानाले रानाथारु समुदायको संस्कृतिले देशभरमै छुट्टै पहिचान बनाउने बताएका छन् । ‘हामी, हाम्रो संस्कृतिको संरक्षण र प्रवद्धनका लागि सदैव तत्पर छौँ’, उनले भने, ‘पहिचानको लडाई हिजोपनि लडेका थियौँ, आजपनि लड्छौँ र भोलिपनि लडिरहनेछौँ ।’
कार्यक्रममा रानाथारु संस्कृतिसँग सम्बन्धित विभिन्न नृत्य, गित तथा अन्य प्रस्तुतिहरुको प्रदर्शन गरिएको थियो । रानाथारु संस्कृतिको पोसाकमा सजिएका महिलाहरुले होरी पर्वको गित गाउँदै र नाच्दै पर्व उत्सवका साथमा मनाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस…
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्