- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना बजारमा ल्याएको छ । बीमा क्षेत्रमा नेपालमै नयाँ र फरक खालको पहिलो बीमा योजना युनियन लाइफ इन्स्योरेन्सले लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले जानकारी दिएका छन ।
बजारमा आएको जीवन उत्थान बिमा योजनामा बिमितले फरक र लाभदायक सेवा तथा सुविधा पाउने कम्पनीले दाबी गरेको छ । कम्पनिले सार्वजनिक गरेको उक्त योजनामा बिमा प्रारम्भ भएको मितिको तीन बर्षमै बिमाङ्क रकमको १५ प्रतिशतको दरले प्रत्येक तीन, तीन वर्षमा मोनि व्याक हुनेछ । यस्तो सुबिधा भएको बिमा योजना नेपालमै पहिलो पटक सुरुवात भएको कम्पनिले जनाएको छ ।
उक्त योजनामा प्रतिहजार न्यूनतम ४० रुपैयाँ बोनस दर रहेको कम्पनिका कार्यकारी अधिकृत कर्णले बताए । ‘बिमितले दुर्घटना मृत्यु लाभ, पुर्ण अशक्तता लाभ, र घातक रोग उपचार लाभ समेत पाउनेछन्’, उनले भने, ‘यो योजना १६ देखि ५० वर्षको उमेर समूहकोले खरिद गर्न सक्नेछन् ।’ कम्पनीका अनुसार ९, १२, १५ र १८ वर्षे अबधि राखी वार्षिक र अर्धवार्षिक रुपमा बिमितले बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
बिमितले न्युनतम पचास हजार देखि आयस्रोतको आधारमा उक्त बिमा पोलिसी लिन सक्ने समेत स्रोतले जनाएको छ । जीवन बिमा जगतकै एक नौलो र समय सापेक्षिक बिमा योजना आएको हुँदा सम्पुर्ण देशवाशीलाई यसको लाभ लिन युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आग्रह समेत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्