×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय स्तरको ‘बर्ड’ फोटोग्राफि प्रतियोगितमा अर्थ सरोकारकर्मी तिवारीले हात पारे दोस्रो स्थान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रिय स्तरको ‘बर्ड’ फोटोग्राफि प्रतियोगितमा अर्थ सरोकारकर्मी तिवारीले हात पारे दोस्रो स्थान

Artha Sarokar

२८ फाल्गुन २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा सम्पन्न राष्ट्रिय स्तरको बर्ड फोटोग्राफि प्रतियोगितमा अर्थ सरोकारकर्मी भुमिदत्त तिवारी (हरी) ले दोस्रो स्थान हात पार्न सफल भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिकामा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा सम्पन्न प्रतियोगितमा तिवारी द्धितिय भएका हुन् ।

नेपालकै पहिलो चरा अभयारण्य क्षेत्र घोषणा भएको घोडाघोडी ताल क्षेत्रको पर्यटन प्रबद्धनको उद्धेश्य स्वरुप प्रतियोगितको आयोजना गरेको बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका अध्यक्ष दयाराम चौधरीले बताए । शुक्रबार सम्पन्न चरा अभयारण्य क्षेत्र घोषणा कार्यक्रममा बोल्दै चौधरीले राष्ट्रिय स्तरको बर्ड फोटोग्राफि प्रतियोगितामा प्रथम स्थानमा सुमन ताम्रकार, द्धितिय भुमिदत्त तिवारी (हरी) र तेस्रो स्थानमा दृस्टान्ट विडारी भएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेको सुुदूरपश्चिम प्रदेशका म्ुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताका विजेतालाई नगद रु क्रमशः ३० हजार, २० हजार र १० हजार समित प्रमाणपत्र वितरण गरेका हुन् । बिहिबार उद्योग वन तथा पर्यटन मन्त्रालय र घोडाघोडी नगरपालिकाको आयोजनामा बृहत कार्यक्रमको आयोजना गर्दै घोडाघोडी ताल क्षेत्रलाई नेपालकै पहिलो चरा अभयारण्य क्षेत्र घोषणा समेत गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी