- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीकी सरिता बुढामगर आफ्नै लगानीमा दुना टपरी उद्योग सञ्चालन गरिरहेकी छिन् । लामो समयदेखी बेरोेजगारीको समस्यामा परेकी उनि अहिले आफैले व्यवसाय सञ्चालन गरेपछि ढुक्क छिन् ।
नवलपरासीमा दुना टपरी बनाउने तालिम पाएपछि मगरले वि.सं. २०७४ सालमा गाउँकै महिलाहरुको संयुक्त साझेदारीमा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा टपरी उद्योग सञ्चालन गरिन् । त्यसपछि वि.सं. २०७७ साल भदौ १ गते फूलवारी दुना टपरी उद्योग दर्ता गरी व्यक्तिगत रुपमा व्यवसाय सञ्चालन गरेको उनले बताएकी छिन् । ‘५० हजारको लगानीमा सुरु गरेको उद्योगबाट अहिले दैनिक ५ हजार आम्दानी हुन्छ’, उनले भनिन्, ‘व्यवसायसँगै आफ्नै वडाका ३५ जना महिलाले रोजगारी समेत पाएका छन् ।’ टपरी बनाउनेलाई प्रतिपिस सानो २५ पैसा, मध्यम साईजको १ रुपैँया र ठूलो साईजको टपरीको डेढ रुपैँयासम्म दिने गरेको सञ्चालिका मगरले बताएकी छिन् ।
सोही उद्योगको शनिबार पुर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य नारदमुनि रानाले भवन उद्घाटन गरेका छन् । संघिय सांसद कोष अन्तर्गतको ७ लाख ८२ हजार लागत खर्चमा तयार गरिएको दुई कोठा सहितको उद्योगको भवन रानाले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै सांसद रानाले महिला विकास र क्षमता अभिवृद्धीका लागि आफु सदैव तयार रहेको बताएका छन् । ‘घरेलु उद्योग प्रवद्धनका लागि हाम्रो प्रयास सँधै रहनेछ’, उनले भने, ‘आगामी दिनमा अझै प्रगती गर्दै जानुहोस् तपाईको साथमा हामी छौँ ।’
त्यस्तै उद्योगकी सञ्चालिका सरिता बुढा मगरले पनि भवन बनेपछि उद्योग सञ्चालन गर्न निकै सहज भएको बताएकी छिन् । ‘भवन नहुँदा हावाहुरी र वर्षाको समस्या रहन्थ्यो’, उनले भनिन्, ‘अव सहज रुपमा उद्योग सञ्चालन गर्न हौसला मिलेको छ ।’ त्यस्तै मगरले आगामी दिनमा पनि महिला विकासका लागि थप सहयोग र साथको समेत अपेक्षा व्यक्त गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्