×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघिय सांसद रानाद्धारा निर्माणाधिन धनगढीका नाला अनुगमन, झुर कामको विरुद्धमा तत्काल एक्सन लिने प्रतिबद्धता…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संघिय सांसद रानाद्धारा निर्माणाधिन धनगढीका नाला अनुगमन, झुर कामको विरुद्धमा तत्काल एक्सन लिने प्रतिबद्धता…

Artha Sarokar

२४ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । संघिय सांसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य नारदमुनि रानाले निर्माणाधिन नालाको अनुगमन गरेका छन् । मंगलबार रानाले धनगढी उपमहानगरपालिकामा पर्ने फुलवारी क्षेत्रमा निर्माणाधिन हुलाकी राजमार्ग अन्तर्गतका नालाको अनुगमन गरेका हुन् ।

निर्माणाधिन अवस्थामा रहेको नालामा अनियमितता भएको भन्ने जनगुनासो आएसँगै अनुगमन गरेको उनले बताए । ‘यो धनगढीबासीको ठूलो संघर्षपछिको सफलता हो’, उनले भने, ‘कमसल सामाग्रीको प्रयोग भएकै कारण निर्माण सम्पन्न हुन नपाउँदै चर्किने समस्या देखिएको छ ।’ अपरिपक्व विकास निर्माणको कामले दिगो विकासमा धक्का पुग्ने बताउँदै रानाले तत्कालै उक्त विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हुलाकी सडक अन्तर्गतको उक्त नाला निर्माणका क्रममा कमसल सामाग्रीको प्रयोग भएको स्थानियले समेत बताएका छन् । ‘स्टिमेटमा यहि छ भन्दै ढलानमा ठूलाठूला ढुंगाको प्रयोग भएका छन्’, एक स्थानियले भने, ‘निर्माणमा भएको अनियमितताकै परिणाम स्वरुप ठाउँठाउँमा नाला चर्किएका छन् ।’ त्यस्तै सडकभन्दा नालाको स्तर एकदमै तल भएको उनिहरुको गुनासो छ । सडकभन्दा नाला होचो हुँदा बर्खायाममा ठूलो समस्या हुने स्थानियले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी