- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक युवा महोत्सव आयोजना हुने भएको छ । धनगढीमा संचालित नमुना युवा संसद अभ्यास कार्यक्रममा पत्रकारसँग अन्तरक्रिया गर्दै सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले छिट्टै प्रदेश स्तरिय युवा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
प्रदेशमा युवाहरुको सक्रियता र युवा सशक्तिकरणका लागि महोत्सवको आयोजना गर्न लागेको उपाध्यक्ष कुँवरले जानकारी दिएका छन् । ‘प्रदेश स्तरिय युवा महोत्सवले प्रदेशको कलासंस्कृति प्रबद्धन र सामाजिक कुरीति अन्त्यमा जोड दिन्छ’, उनले भने, ‘यो सँगै युवा रोजगारीका विषयमालाई पनि पहिलो प्राथामिकतामा राखेका छौँ ।’
प्रदेश युवा परिषद्को वार्षिक बजेट अन्तर्गत तय गरिएको उक्त महोत्सवका लागि झण्डै २८ लाखको बजेट छुट्याईएको कुँवरले बताए । महोत्सवमा प्रदेशभरीका ३५० जना युवा सहभागी हुने बताउँदै उनले बाहिर राखिने स्वरोजगार स्टलहरुमा सबैले अवलोकन गर्न सकिने बताएका छन् । सबै कुराको व्यवस्थापन हुन सके चैत्र मसान्तभित्रमा महोत्सव आयोजना गरिने उनलको भनाई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्