- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम महोत्सव २०७८ मा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ७ किलोको माला लगाईएको छ । महोत्सवको औपचारीक उद्घाटनमा आयोजक उद्योग वाणिज्य संघ कैलालीले आफ्नो एक शुत्रिय माग राख्दै ७ किलोको माला लगाएको हो ।
विगतका वर्षमा सरकारलाई विभिन्न माग राख्दै आएको भएतापनि कमै मागको सम्बोधन हुनेगरेको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए । ‘सम्बोधन नहुने माग भन्दापनि यसपाली हामीले प्रदेश स्तरमै सम्बोधन हुने माग राखेका छौँ’, उनले भने, ‘यसपाली हाम्रो एउटै र मुख्य माग भनेको प्रदर्शनि स्थलको व्यवस्थापन हो ।’ प्रदेशको आर्थिक समृद्धीको मुलधारको रुपमा स्थापित भएको सुदूरपश्चिम महोत्सव सञ्चालनका लागि स्थायी स्थान नहुँदा समस्या भएको बताउँदै अध्यक्ष कुँवरले यसप्रती प्रदेश सरकारलाई गम्भिर हुन समेत आग्रह गरेका छन् ।
त्यस्तै महोत्सवले राखेको मागको सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले यसपटकको माग प्रदेश सरकारले नै समाधान गर्ने खालको भएकाले प्रदेश सरकार मागप्रति गम्भिर रहेको बताएका छन् । ‘हिजोका दिनमा राखिएका कयौँ माग अफ्ठ्यारा थिए’, उनले भने, ‘यसवर्षको मागका लागि हामी गम्भिर छौँ ।’ त्यस्तै मुख्यमन्त्री भट्टले आफ्नै कार्यकालमा उक्त माग सम्बोधन गर्ने समेत प्रतिबद्धता गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्